आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सयले घटेर ९० हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला १५ रुपैँयाले घटेर प्रतितोला १२९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री