कोपा अमेरिका : अर्जेन्टिनाले उरुग्वेलाई हरायो

काठमाडौं । गुइदो रोडरिग्वेजको निर्णायक गोल प्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १–० को नतिजामा पराजित गरेको छ ।

पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनाको प्रतियोगितामा यो पहिलो जित हो । स्टार फरवार्ड लियोनेल मेसीको कप्तानीमा मैदानमा उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन १३ औं मिनेटमा रोडरिग्वेजले गरेको एक मात्र गोल पर्याप्त भयो ।

कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई छोटो पास दिएका थिए । सोही बलमा मेसीले दिएको बाँयातर्फबाट गरेको क्रसमा रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री