काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले असार १ गतेदेखि कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् ।
साे समितिले स्वीकृति दिएसँगै जेठ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्नेछन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई करारमा नियुक्त गरेको हो । सीईओ खड्का यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
तपाईंको प्रतिकृया



