पेट्रोलियम ढुवानीको अवरोध हट्यो, ट्याकर चालकलाई भोलीदेखि खोप उपलब्ध हुने

काठमाडौं । कोरोना विरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकलाई सरकारले खोप उपलब्ध गराउने भएको छ ।अरु क्षेत्रमा खोप दिएपनि अतिआवश्यक सेवाको रुपमा रहेको पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालक तथा सहचालकलाई खोप नदिएको भनेर उनीहरु आन्दोलित थिए ।

नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । भाेलीदेखि थानकोट डिपोबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् । पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरुले आइतबारदेखि ढुवानी बन्द गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मकालुमा टिपर दुर्घटना : दुई जना मजदुरको मृत्यु

काठमाडाैं । सङ्खुवासभाकाे मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत …

प्रतिकृया दिनुहॊस