सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सले दाबी कर्तालाई दुई दिनमा नै रकम प्रदान गरेको छ ।

इन्स्योरेन्सले टीकापुर शाखाबाट बीमा गरेकी टीकापुर नगरपालिका वडा नम्बर -१ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बमको परिवारलाई दुई दिनमा नै सो रकम दिएको हो ।

कम्पनीका   नुसार बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको हो ।

लकडाउनको समयमा उनका श्रीमान  धुर्ब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन वीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेर क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम १० लाख, बोनस रकम ३५ हजार तथा काजकृया खर्च बापत रु. ५० हजार गरी जम्मा १० लाख ८५ हजारको रकम दाबीकर्ता धुर्ब खत्रीको बैकं खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको इन्स्योरेन्सले जनाएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको …

प्रतिकृया दिनुहॊस