काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाँउनेछन् ।
तपाईंको प्रतिकृया



