सुनको भाउ ६०० ले बढ्यो

काठमाडौं । सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९३ हजार ९०० रुपैयाँ थियो भने बुधबार ९४ हजार २०० थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ६०० रुपैयाँले नै बढेर तोलाको ९४ हजार पुगेको महासंघले जनाएको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

बिहीबार तोलाको १३ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार १३ सय ७० पुगेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस