सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक, प्रधानमन्त्री नजाने

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि नियमित कानुन व्यवसायीसँग छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

आज दिउँसो २ बजेपछि संसद भवनमा रहेको ल्होत्से हलमा यो बैठक बोलाइएको छ । बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अहिले सर्वोच्चमा संवैधानिक इजलासमा बहस भइरहेको छ । यही समयमा सभामुखले यही विषयमा आगामि कदम के हुने भन्नेबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

८ जेठमा प्रतिनिधिसभा विघटन गरेर २६ कार्तिक र ३ मंसिरका लागि सरकारले चुनावको मिति घोषणा गरेको थियो । बैठकमा बोलाइए पनि प्रधानमन्त्री केपी शर्मा ओली यो बैठकमा नजाने उनको सचिवालयले यसअघि नै जानकारी दिइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री