सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ३ सय रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितेला १ हजार ५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री