काठमाडौंको बौद्ध नयाँबस्तीमा बोरामा शव फेला, प्रहरी घटनास्थलमा

काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव फेला परेको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको सूचना थाहा पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले जानकारी दिएका छन् । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस