प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पत्रकार बस्नेतलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कानून व्यवसायीसमेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।

काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री