निषेधाज्ञा १० दिन थपिने :खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

काठमाडौं ।  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ ।

मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको हो  ।

बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

साथै निर्माण क्षेत्रमा काम रोकिएकोले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम  गर्न दिनेबारे पनि छलफल भएको छ ।

थप गरिने निषेधाज्ञामा सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री