सीजीले सुरु गर्‍यो इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस

काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ ।

सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। सिजीनेटले विभिन्न प्याकेज सुविधा दिएको छ। ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ।

सुरुमा जडान गर्दा पनि कम्पनीले जडान शुल्क तथा तारलाई निशुल्क गरिएको जानकारी दिएको छ।

सिजीनेटको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँहरु ( कुमारीपाटी,जावलाखेल र इमाडोल)मा सर्भिस सेन्टर रहेका छन्।

आगामी दिनमा सेवा विस्तार गर्दै जाने कम्पनीले जानकारी दिएको छ। १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ ।

नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ ।

द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा  दिन तत्पर रहेको कम्पनीले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कर्जा भुक्तानी सहज बनाउन एमएचपीएलले ल्यायो मोबाइल एप

काठमाडौं । एमएडब्लू हायर पर्चेजले ‘एमएचपीएल एप’ सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको …

प्रतिकृया दिनुहॊस