लुम्बिनी । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दे पाण्डेय विजयी भएका हुन् । विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
आज भएको राष्ट्रियसभाकाे उपनिर्वाचनमा २९७ मत खसेकाे थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख २१४ जना र प्रदेश सभाका ८३ जनाले मतदान गरेका थिए भने तीन जनाले मतदान गरेन्न ।
तपाईंको प्रतिकृया




