राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु

काठमाडौँ । लुम्बिनीमा राष्ट्रियसभाकाे उपनिर्वाचनको  मतगणना सुरु भएको छ ।  मतदान सकिए लगतै   मतगणना सुरु भएको   हो ।

आज भएको राष्ट्रियसभाकाे उपनिर्वाचनमा  २९७ मत खसेकाे थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख २१४ जना र प्रदेश सभाका ८३ जनाले मतदान गरेका थिए भने तीन जनाले मतदान गरेन्न ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव गरिएको   हो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप