एनएमबि बैंकले नेपालमै पहिलोपटक जारी गरेकाे उर्जा ऋणपत्रमा मागभन्दा धेरै आवेदन

काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलोपटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्यधिक आवेदन परेको छ ।

उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि विक्री खुला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्यधिक आवेदनको कारणले विक्री बन्द गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियो । यस ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीका लागि उपयोग गरिने जनाइएकाे छ ।

हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरू लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६ प्रतिशतभन्दा बढी रकमको प्रतिवद्धता गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप