काठमाडौँ । प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा कोभिड-१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि समविकास नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको प्रभु क्यापिटलले जनाएको छ।
जसअन्तर्गत क्यापिटले पुनः प्रयोग गर्न मिल्ने मास्क, साबुन, स्यानिटाइजर (१०० मिलिलिटर), पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड, आकस्मिक खाद्य सामग्री र परासिटामोला १५०/१५० थान प्रदान गरेको हो।
समविकास नेपालले यी स्वास्थ्य सामग्री अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का बिरामीलाई वितरण गर्ने बताइएको छ।
तपाईंको प्रतिकृया




