काठमाडौंमा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं  । उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको  आज मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ । निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गरिने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप