काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफनो २७ औँ वार्षिकोत्सवका अवसरमा ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकले जेठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकका तर्फबाट रु. १०० प्राप्त गर्न सक्नेछन्।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ।
तपाईंको प्रतिकृया




