मोरङमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

मोरङ ।मोरङको बुढीगंगा गाँउपालिका ३ गोकुवा चोक कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् ।

सोमबार बेलुका उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र १-०२-०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राती ९ बजे मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप