मोटरसाइकल पल्टिँदा युवकको गयो ज्यान

काठमाडौं । काठमाडौंको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

हिजो बेलुका ८ः४० मिनेटमा वाग्मती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल पल्टिँदा रसुवाका ३० वर्षका सन्तोष तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पल्टिँदा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री