‘नेकपालाई ‘च्याम्पियन’ बनाउने आकांक्षा थियो, विभाजनकारी सोचले दिएन’ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने इमान्दार प्रयास सफल हुन नसकेको बताएका छन् । २८ औं मदन-आश्रित स्मृति दिवसका सन्दर्भमा वक्तव्य जारी गर्दै उनले केही विभाजनकारी, अस्थिर र अवसरवादी सोचले लक्ष्य पूरा हुन नदिएको बताएका छन् ।

‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक- आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको‘‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर, कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । आज नेकपा ९एमाले० उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौं’, अध्यक्ष ओलीले भनेका छन् ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आजै चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा निधन भएको थियो । त्यो रहस्य आजपर्यन्त उद्घाटित भएको छैन । प्रधानमन्त्री ओलीले मदन–आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय रहेको बताएका छन् ।

आज कम्युनिष्ट आन्दोलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनको भनाई छ । ‘जनताका प्रतिनिधिहरूबाट निर्मित प्रगतिशील संविधान जारी भएको छ,’ वक्तव्य अगाडि भनिएको छ, ‘आज नेपाली कम्युनिस्ट आन्दोलन मुलुकको मुख्य शक्तिका रूपमा स्थापित भएको छ र नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक दलका रुपमा सरकारको नेतृत्व गरिरहेको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री