काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियमको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
गएराति १२ बजेदेखि लागू भएको मूल्य अनुसार अब पेट्रोल १ सय २३, डिजेल-मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ । एलपी ग्यास तथा हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको छ ।
मूल्यवृद्धि गरेको अवस्थामा समेत प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमको दाबी छ ।
प्रतिकृया दिनुहॊस