दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ ।
व्यास नगरपालिका–१ का ४९ वर्षीय पुरुषको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा शुक्रबार राति डायलासिस गरिएको हो ।
उनमा तीन दिन अगाडि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणपछि मिर्गौला उपचार केन्द्रमा डायलासिस गर्ने उनी दोस्रो व्यक्ति हो । गत वर्ष कोरोना सङ्क्रमण भएपछि व्यास नगरपालिका–४ का एक व्यक्तिको पनि यही डायलासिस गरिएको थियो ।
शुक्रबार डायलासिस गरेका ती व्यक्तिले नियमित डायलासिस गर्दै आएको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए ।
तपाईंको प्रतिकृया




