काठमाडौँ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिएको छ ।
‘लकडाउन स्टे कनेक्टेड अफर’ का रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ।
अनलिमिटेड डे डाटा प्याक अफर रु. ३९ मा उपलब्ध हुनेछ। सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ। यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घन्टाको हुनेछ।
दैनिक रुपमा एक पटकमात्र सो प्याक खरिद गर्न सकिनेछ। यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्ममात्र चलाउन सकिने भएकोले सो समय अघि वा पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ।
२ सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसीमा तोकेको छ र सो डाटा ४ दिनभित्र प्रयोग गर्न सकिनेछ।
यो सेवा १ महिनाको लागि मात्र उपलब्ध गराएको टेलिकमले जनाएको छ ।
प्रतिकृया दिनुहॊस