धनकुटा । करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
धनकुटाको धनकुटा नगरपालिका -५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० बर्षीय संजोग श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा सोमबार बेलुका ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




