अक्सिजन खरिद गर्न अमिताभ बच्चनले दिए २ करोड

एजेन्सी ।    बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् ।

दिल्ली सिख गुरुद्वार मेनेज्मेन्ट कमिटीका अध्यक्ष मनजिन्दर सिंह सिरसाले अमिताभले संक्रमितको लागि २ करोड रुपैयाँ सहयोग गरेको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत दिएका हुन् ।

उक्त रकम अध्यक्ष सिंहले दिल्लीमा अक्सिजनको कमीसँग जुधिरहेका बिरामीको लागि अक्सिजन सुविधामा प्रयोग गर्ने पनि उल्लेख गरेका छन् ।

त्यसैगरी, अमिताभले कोरोना भाइरससँग लडिरहेको भारतलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस