कामीरिताले तोडे आफ्नै विश्व कीर्तिमान, २५औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं – नेपालका चर्चित आरोही कामीरिता शेर्पा २५ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल भएका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार उनले शुक्रबार साँझ २५औँ पटक सगरमाथा शिखर चुम्न सफल भएका हुन् ।

कामीरिताको सगरमाथा आरोहण संयोजन गरेको सेभेन समिट ट्रेक्सले पनि यसको पुष्टि गरेको छ । उनी जारी सिजनमा डोरीको सहयोगमा बाटो बनाउने टोलीको अगुवाइ गर्दै शुक्रबार साँझ ६ बजे सगरमाथा शिखरमा पुगेका हुन् । आचार्यका अनुसार बेलुकी ६ बजे कामीरिताको रोप फिक्सिङ टोली शिखरमा पुगेको हो । यो नै यस वर्ष सगरमाथामा पहिलो आरोहण पनि हो ।

कामीरिताले तोडे आफ्नै कीतिमान
वसन्त यामको जारी आरोहणमा सगरथाको चुचुरामा २५ औँ पटक पुगेर कामीरिताले आफ्नै यसअघिको २४ पटकको विश्वकीर्तिमान तोडेका हुन् । कामीरिताले २५औँ कीर्तिमान बनाउन सफल भएको निर्देशक आचार्यले बताइन् । यो आरोहणबाट असहज परिस्थिति भए पनि नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश जानाका साथै सगरमाथाको नयाँ कीर्तिमान थपिएको विभागको बुझाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री