काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोभिड-१९ संक्रमण भएको छ । ज्वरो आउने र जीउ दुख्ने भएपछि पीसीआर गराएका शर्मामा बिहान संक्रमण पुष्टि भएको हो ।
सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिँदै उनले ज्वरो र जीउ दुखाइ बढेपछि स्वाब दिएको र कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । ‘औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ,’ उनले भनेका छन् ।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
सबैलाई विनम्र आग्रह छ – सजग बनौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2021
तपाईंको प्रतिकृया




