निषेधाज्ञामा थप कडाइ, के हुन्छ बैंक तथा वित्तीय संस्था ?

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले परिस्थिती झनै डरलाग्दो भएको भन्दै निषेधाज्ञालाई थप कडाई गर्ने नीति लिएको हो ।

बैठकले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै निजी क्षेत्रको निर्माण कार्य ठप्प पार्ने र सार्वजनिक स्थलको निर्माण कार्यलाई भने त्यही खानाको व्यवस्था मिलाएर काम गराउने जस्ता निर्णय पनि गरेको छ ।

अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटेल क्वारेन्टाइनलाई थप व्यवस्थिति गरिने भएको हो । बैठकले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई व्यवस्थित गर्ने र त्यसले पनि नपुगे निजी अस्पालललाई कोभिड अस्पतालका रूपमा विकास गर्ने पनि निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं । नेपालविरुद्धको तेस्रो टी–२० मा वेस्ट इन्डिज ‘ए’ ७६ रनले विजयी भएको छ । …

प्रतिकृया दिनुहॊस