मोरङमा बसले किचेर १ जनाको मृत्यु

मोरङ।मोरङको  लेटाङ नगरपालिका ८  जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटारका ५१ बर्षीय सहबिर मगर रहेका छन् ।

बिहीबार साँझ साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ बर्षीय गंगा प्रसाद लुईटेललाई प्रहरीले नियन्त्रणमा लिएर अावश्यक अनुसन्धान गरिरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप