चर्चित गायक प्रकाश सपूतलाई कोरोना संक्रमण

काठमाडौं |लोकप्रिय एंवम् चर्चित गायक प्रकाश सपूतलाई कोरोना संक्रमण भएको छ ।आफूलाई कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिए पछि काठमाडौं मेडिकल कलेजमा पिसीअार परीक्षण  गर्दा कोरोना पुष्टि भएको सामाजिक संञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

प्रकाश फेसबुकमा लेख्छन्

“अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ !”

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस