काठमाडौं । कोभिड-१९ संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत उनमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारेर उपचार थालिएको हो ।
अस्पतालका अनुसार कोमलमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । ‘अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ,’ अस्पतालले भन्यो, ‘बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।’
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।
तपाईंको प्रतिकृया




