गण्डकीका ३ सांसदमा कोरोना पुष्टि : मतदान गर्न पाइने

पाेखरा । गण्डकी प्रदेशसभाका ३ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलवार सबै ६० सांसदको कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

हिजाे मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको कोरोना परीक्षण गर्ने सहमति भएको थियो । सहमति अनुसार संक्रमण देखिएका सांसदले मतदानमा सहभागी हुन पाइने छ । तथापि बोल्न नपाइने जनाइएको छ ।

प्रदेशसभा विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । बुधवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले जवाफ दिने कार्यसूची रहेको वताइएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री