डिस होमको रमाइलो टिभीमा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ प्रसारण हुने

डिसहोमको रमाइलो च्यानलबाट उक्त कार्यक्रम प्रसारण गर्नका लागि राजधानीमा एक कायक्रमबीच सम्झौता गरिएको छ । सम्झौतापत्रमा डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आर्चाय तथा एडिरिलिजका मार्केटिङ् म्यानेजर दिपक कोइरालाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार साउन पहिलो सातादेखि भ्यावइ अफ नेपाल प्रसारणमा आउनेछ । उक्त रियालीटी सो ३० भागको हुनेछ ।
कार्यक्रममा डिशहोमका प्रमुख कार्यकारी अधिकृत आचार्यले रमाइलो टिभीमार्फत भ्वाईस अफ नेपालजस्तो लोकप्रिय कार्यक्रम प्रसारण गर्न पाएकोमा खुसी लागेकाे वताए । ९० प्रतिशत टिभी डिशहोमबाट चल्ने भएकाले यो कार्यक्रमले ठूलो लोकप्रियता पाउने विश्वास समेत गरिएकाे छ ।

दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रमाइलो टिभी सञ्चालनमा आएको ९ महिना भएकाे छ । डिसहोमको माध्यमबाट भने धेरै एचडी सहितका टिभी च्यानलहरु प्रसारण हुँदै आएका छन् । डिस होम नेपालको नम्बर वान टेलिभिजन सेवा प्रदायक कम्पनीकाेरुपमा स्थापित भर्इसकेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री