काठमाडाै । कोरोना संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाह अस्पताल भर्ना भएका छन्।
उनीहरू आज शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएको नर्भिक अस्पतालले जनाएको छ। अस्पतालका अनुसार तीनै जनाको अवस्था स्थिर तथा सामान्य रहेकाे छ।
केहि समय अगाडि हरिद्वारको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि शाह दम्पतीमा संक्रमण पुष्टि भएको थियो । पुष्टि भएपछि उनीहरु निर्मल निवासमा आइसोलेसनमा बस्दै आएका थिए।
तपाईंको प्रतिकृया




