आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते

दाङ । दाङमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । राप्ती गाउँपालिका–५ कालापानीमा गए राति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको हो ।

आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री