पूर्ण क्षमतामा मेलम्ची, अब उपत्यकामा दैनिक १७ करोड लिटर पानी

काठमाडाैँ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा दैनिक पूर्ण क्षमतामा पानी उपलब्ध गराउन थालेको छ । मेलम्ची खानेपानी विकास समितिले उपत्यकामा सोमबारदेखि दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउन थालेको हो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार सोमबारदेखि सुन्दरीजलमा निर्मित दुवै पानी प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन आएका हुन् । सुन्दरीजलका पानी प्रशोधन केन्द्र पूर्ण क्षमतामा आएसँगै उपत्यकाको वितरण प्रणालीमा प्रतिदिन १७ करोड लिटर पानी उपलब्ध गराउन थालिएको हो ।

यो पानी पथान्तरण पश्चात पनि मेलम्ची नदीमा १ हजार १ सय लिटर प्रतिसेकेण्ड पानी उपलब्ध रहेको विकास समितिले जनाएको छ । मेलम्चीको पानी वितरण थालिएसँगै उपत्यकामा ट्यांकरबाट पानी वितरण पनि विस्तारै विस्थापित हुँदै गएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस