सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका  एसएसपी श्याम खत्रीले अाज आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । खत्रीकाे खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहने बेलादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको सूचीमा खत्रीको पनि नाम उल्लेख छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो ।

खत्रीलार्इ यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ गरिएकाे थियाे भने उनलाई पछि अदालतले सफाई दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री