काठमाडाैँ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरवहादुर देउवाले पार्टीका पूर्व पदाधीकारी तथा प्रभावशाली नेताहरूसमेत सहभागिता रहने गरि पदाधिकारी बैठक बोलाएका हुन् ।
पार्टी कार्यलय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएका हुन् ।
आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुनेछ । साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागि भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ । मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४औं महाधिवेसनलाई केन्द्रबीन्दुमा राखेर नेताहरूबीच छलफल हुनेछ ।
तपाईंको प्रतिकृया




