बलत्कार प्रयासपछि नौ बर्षिया बालिकाको हत्या

मुगु। सोरु गाँउपालिका—९ कालै गाँउकी कक्षा दुईमा अध्ययनरत नौ बर्षिया बालिका एक बालिकाको बलत्कार प्रयासपछि हत्या भएको छ ।
सोरु गाँउपालिका—९ कालै स्थाई ठेगान हाल सोही गाँउपालिका—८ तारापानीमा अस्थाई बासोबास गर्दै सिद्धिलाल चौलागाईको नौ बर्षिया छोरी लक्ष्मी चौलागाईको सोही गाँउपालिका—८ का २० बर्षिय प्रवेश रावलले चैत्र २१ गते बलत्कारको प्रयासपछि हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।

चैत्र २१ गते अन्दाजी ५ बजेर १५ मिनेटमा बालिकाको घरबाट अन्दाजी पाँचसय मिटर टाढा घाट भन्ने स्थानमा बालिका सौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपित रावलले सौच गरेको स्थानमा बलत्कारको प्रयास गर्न खोज्दा बालिकाले ईन्कार गरेपछि रावलले धकेलेर ढुङ्गामा ठोिकदा बेहोस भएपछि रावलले बेहोस भएकै अबस्थामा घट्ना स्थलनजिक रहेको मुगु कर्णालीमा बालिकालाई फालेर बगाई हत्या गरेको स्विकार गरेको आरोपित रावलले प्रहरीलाई बयान दिएको बिहीबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी गराएका हुन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालयमा घट्नामा संलग्न ब्यक्तिलाई पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै प्रहरी । फोटोः जीवन सेजुवाल, मुगु ।

चैत्र २१ गते दिउँसो आमासँग घर नजिकको खोलामा नुवाईधुवाई गरेकी बालिका बेलुकी ५ बजे तिर घरबाट ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानीयले देखेका थिए । बालिका पछिपछि आरोपित प्रवेश स्थानीय पसलबाट दुई पोका रिनटिन चाउचाउ किनेर गएको र घट्ना भएको स्थानमा बालिका सौच गर्न लागेका बेला आरोपित रावलले बल्तकार प्रयास गर्न खोज्दा बालिका चिच्याउन खोजेपछि आरोपितले धकेलेपछि बालिका ढुङ्गामा बजारिन पुग्दा बालिका बेहोस भई घट्ना बाहिरने डरले आरोपितले बालिकालाई खोलामा बगाए र हत्या गरिएको अनुसन्धानले देखाएको छ । घट्ना स्थलबाट खोलेका अबस्थामा चाउचाउको दुई पोका सहित बालिकाको निलो रङको एकजोडा चप्पल समेत प्रहरीले बरामद गरी सबुद प्रमाण भेटिएको अनुसन्धानमा संलग्न खटिएका प्रहरी निरीक्षक नरेश बिकले बताए।

बालिकाका बुवा सिद्धिलाल ब्यापारका सिलसिलामा जिल्ला बाहिर रहेका छन् । घटना भएको दिन राति अबेरसम्म बालिका घर नफर्केपछि बालिकाको आमाले खोजतालस गरेकि थिईन । राति अबेरसम्म छोरी घर नर्फर्के पछि कतै आफन्तको घरमा गएको होला भन्ने सोचले २१ गते राति खान खाएर सुतेका र २२ गते बिहानसम्म बालिका घर नर्फर्के पछि घरपरिवार लगाएत छिमेकीहरु खोजी कार्यमा लागेका थिए । बालिकाको कतै पत्तो नलागेपछि आफन्तले प्रहरीलाई समेतजानकारी गराएका थिए । प्रहरी र स्थानीयहरु खोजीमा संलग्न थिए । २३ गते बिहान ७ बजे घट्नास्थल आसपासमा माछा मार्न गएका स्थानीयले बालिकाको लास कर्णाली नदीको बिच भागमा अड्किएको देखेपछि परिवार र प्रहरी जानकारी पाएको थियो ।
प्रहरीको अनुसन्धानले घट्नमा संलग्न प्रवेश रावललाई चैत्र २४ गते बेलुकी ४ बजे तारापानीबाट गिरफ्तार गरेको छ । आफनो बहिनीको बलत्कारको प्रयास्पछि हत्या भएको भन्दै २५ गते बालिकाको दाजु ३६ बर्षिय धनराज चौलागाईले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् । बालिकाको पोष्टमार्टम जिल्ला अस्पतालमा भएको छ ।

थप अनुसान्धका लागि भिसेरा र भिजिनेला स्वाव समेत प्रहरी विधि विज्ञानशाला वा नाष्टमा पठाईने भएको छ । घटनाको थप अनुसन्धानका लागि आरोपितलाई १० दिनका लागि प्रहरी हिरासतमा राख्नका जिल्ला अदालतबाट २४ गते अनुमति लिई थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

बलत्कारको प्रयासपछि हत्या गरिएको भन्दै बालिकाका आफन्त तथा अधिकारकर्महरुले लास भेटिएकै दिनबाट जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा घट्नामा संलग्न ब्यक्तिलाई कडा भन्दा कडा कानुनी कार्बाही र बालिकाको घरपरिवारलाई क्षतिपुर्ति तथा राहतको ब्यवस्था सरकारले गर्नुपर्ने माग राखेको बालिकाको आफन्त दानबहादुर शाहीले बताए ।

सोही घटनाको विरोधमा बुधबार दिउँसो ४ बजे माईतीघर मण्डलामा नाराबाजी सहित जुलुस प्रदर्शन भएको थियो । नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले “शान्ति सुरक्षा कायम गर । मुगु घटनाको छानबीन गर ।

घटनामा संलग्नलाई कारवाही गर । वि वान्ट जस्टिस । नेपाल सरकार कठोर कानून ले । लक्ष्मी बहिनीलाई न्याय दे । बलात्कारीलाई फाँसी दे। बलात्कार विरुद्ध कानुन पारित गर ।” लगाएतका नारा लगाएका थिए । प्रदर्शनकारीहरुले परिवारलाई क्षतिपूर्ति सहित न्यायको माग गरेका थिए ।

न्यूज दैनिक अनलाईनखबरको लागि काठमाण्डौंबाट,
हिरालाल श्रेष्ठ,

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री