काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त आग्रह गरेकी हुन् । उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी-साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छन् ।
जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो‚औद्योगिक र सवारी साधनको धुवाँ‚धुलो आदिबाट देशैभर वायु प्रदुषण बढ्नु चिन्ताको विषय हो। डढेलो नियन्त्रण गर्दै वायु प्रदुषण न्यूनीकरणका लागि पहल गर्न सबै तहका जनप्रतिनिधि‚ विज्ञ तथा प्रकृतिप्रेमी सबैमा आह्वान गर्दछु।
— Bidya Devi Bhandari (@BidyaDBhandari) April 8, 2021
तपाईंको प्रतिकृया




