नेपालमा आज २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज, मंगलबार २६० जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। संक्रमित मध्ये २ लाख ७३ हजार ४५५ जना उपचारपछि निको भएका छन् ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ३६ जना पुगेको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस