काठमाडौँ । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८६ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ८६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५५० रहेको छ ।
त्यसैगरी आज चाँदीको मुल्यतोलामा १० रुपैयाँले घटेर आज प्रतितोला १२ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




