घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ

स्याङजा । स्याङजामा दुर्घटनामा घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चालक अमित परियार पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रूपन्देही वेलहिया नाकाबाट यही चैत १३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् । चालकको दायाँ-बायाँ बसेकामध्ये बायाँपट्टी बसेका सहचालक गाहा ट्याक्टरबाट खसी घाइते भएकोमा चालक परियार र सहचालक रानाले सोही ट्याक्टरमा राखी कागीण्डकी साँखरघाटमा लगि नदीमा बगाएको प्रहरीले जनाएको छ ।

यसअघि गत चैत्र ८ गते अर्को सहचालक सुनिल राना पक्राउ परेका थिए । प्रहरीले घटनास्थलबाट मृतकको एक जोर चप्पल र रगत लागेको ढुंगा बरामद गरेको थियो । चैत्र ५ गते अस्थायी नं लु.अ.अ.फ १०१२ नम्बरको ट्याक्टर चालक गल्याङ ८ बंग्रान्तीका २७ वर्षीय चालक अमित परियार, सहचालक २१ वर्षीय सुनिल राना र १९ वर्षीय गणेश गाहाले साँखरबाट बालुवा लिएर राति फर्कने क्रममा गाहा ट्याक्टरबाट खसेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री