नेपाल बङ्गलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायी महासंघबीच सम्झौता

काठमाडाैं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र सुनचाँदी ब्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी ब्यवसायी महासंघ बिच बैंकिङ्ग साझेदारी सम्झौता भएको छ ।

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट महासंघका अधक्ष्य माणिक रत्न शाक्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार महासंघसँग आवद्व सुन ब्यबसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट बिभिन्न बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नेछन् ।

साथै नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रवद्र्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बङ्गलादेश बैंकको क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन्

साथै नेपाल भरका महासंघ संग आवद्व महिला तथा दलित समुदाय द्वारा संचालित सुनचाँदी ब्यवसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण “महिला उद्यमशील कर्जा” तथा “दलित समुदाय ब्यवसाय बिकास कर्जा” पनि प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप