टेलिकमको संचालकमा अम्बिका पौडेल

काठमाडौं ।  अम्बिका प्रसाद पौडेलले नेपाल टेलिकमको संचालक पदमा निर्बिरोध चयन भएका छन्  ।

टेलिकमको एकजना संचालक सर्वसाधारण सेयरधनीको तर्फबाट चुनिने व्यवस्था छ । ४ वर्षको कार्यकालको लागि पौडेलले संचालकमा उम्मेद्वारी दर्ता गरेका थिए ।

पौडेल बाहेक अरुको सर्वसाधारण सेयरधनीको लागि मनोनयन नपरेपछि पौडेल निर्विरोध नेपाल टेलिकमको संचालकमा चयन भएका हुन् ।

चैत्र १३ मा हुने कम्पनीको साधारणसभाले उनको चयनलाई अनुमोदन गर्नेछ  ।

पौडेल नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर कार्यकारिणी सदस्य निर्वाचित भएका थिए । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष पौडेल ठूला सेयर लगानीकर्ता मध्येका एक हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री