काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सिँगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति पाएको हाइड्रोले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणले आईपीओ भर्न पाउने किसिमले निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४५ करोड रुपैयाँमध्ये १० प्रतिशत अर्थात १४ करोड पचास लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले १४ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरुका लागि निष्काशन गरेको छ ।
बाँकी २० प्रतिशत अर्थात् २९ करोड बराबरको २९ लाख कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
प्रतिकृया दिनुहॊस