इलामको रुङसुङमा पिकअप दुर्घटनाहुदाँ चालकको मृत्यु

इलाम । इलामको सुर्योदय नगरपालिका-३ रुङसुङमा सोमबार  दिउसो  ११ बजे पिकअप दुर्घटनाहुदाँ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेशम बहादुर राय रहेका छन् ।

मे१ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप