ग्लोबल आइएमई बैंकद्धारा कम्प्यूटर सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका – २ को भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ को घटाल माध्यमिक विद्यालयलाई ५/५ थान कम्प्युटर वितरण गरेको छ । डडेलधुरा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्धेश्यले बैंककी सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा र डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बुधवार ती विद्यालयमा कम्प्युटर वितरण गरेका हुन् ।

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरूमा प्रविधिको ज्ञान बढोस् भन्ने उद्देश्यले ती कम्प्युटर वितरण गरिएको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री